झरना खोलाको जङ्गल क्षेत्रमा एक पुरुषको शव फेला
झापा । झापा शिवसताक्षी नगरपालिका अन्तर्गत दुधे बजार नजिकको उत्तरतर्फ पर्ने झरना खोलाको जङ्गल क्षेत्रमा एक पुरुषको शव फेला परेको छ।
हाल घटनास्थलतर्फ प्रहरी टोली पुग्ने क्रममा रहेको जनाइएको छ। घटनाबारे थप विवरण र कारणहरू भने अनुसन्धान पश्चात् मात्र खुल्ने बताइएको छ।


