बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

काठमाडौं, १३ असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका राधा मोहनप्रसाद जैसवाललाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ।

 

गौशाला प्रहरी वृत्तका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा फेला पारिएको हो। प्रहरीको विशेष निगरानी र अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालले जानकारी दिए।

 

मधेश प्रदेशको रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ निवासी जैसवालविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति काठमाडौं जिल्ला अदालतबाट जारी भएको थियो। फरार रहेकाले उनले विदेश भाग्न सक्ने सम्भावना रहेको भन्दै गौशाला प्रहरी वृत्त अन्तर्गतको अपराध अनुसन्धान तथा कारबाही शाखाले राहदानी विवरण माग गर्दै राहदानी विभागमा पत्राचारसमेत गरेको थियो।

 

हाल जैसवाललाई आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी खनालले बताए।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।