लागू औषधसहित स्याङ्गजाका युवक गौरमा पक्राउ

सञ्जय मिश्रा /रौतहट, १३ असार । रौतहटको गौर स्थित भारतबाट नेपालतर्फ लागू औषध ल्याउँदै गरेका स्याङ्जाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सुराकीका आधारमा जाँच गर्दा लागू औषधसहित उनी पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा स्याङ्गजा हरिवास गाउँपालिका ४ का २१ बर्षीय  निलकुमार थापा मगर रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताएका छन्।
प्राप्त जानकारी अनुसार बिहीवार बिहान करिब १०ः ३० बजे भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको मगरलाई सशस्त्र प्रहरीको चेकप्वाइन्ट नजिकै चेकजाँच गर्दा उनीसंग नोफिन, सेरेज्याक, फेनारगनजस्ता लागू औषध बरामद भएको हो। 

मगरको साथबाट ४०–४० एम्पुल लागू औषधसहित जम्मा १२० एम्पुल, १ थान मोबाइल फोन समेत बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

बरामद लागू औषध र मगरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रौतहट स्थित प्रहरीले पछिल्लो समय लागुऔषध कारोवार नियन्त्रणमा बिशेष सक्रियता देखाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।