बारामा ४३ लाखको राजश्व छलीको सामान सहित ट्रक बरामद

बारा, १३ असार । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशंकामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीवार साँझ मधेश प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो। बीरगञ्जबाट सिमरा तर्फ गइरहेको सो ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा माल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रकमा फाईल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो। प्रारम्भिक मुल्याङ्कन अनुसार जफत गरिएको सामानको अनुमानित बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रूपैयाँ रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखानालाई बताए ।

सामान तथा ट्रक दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।