झापा र सुनसरीबाट लागुऔषध गाँजा सहित तीन जना पक्राउ

विराटनगर, असार १३ गते । झापा र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार १२ गते प्रहरी चौकी भरौल सुनसरीको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-४ स्थितबाट चेकजाँचको क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्रबाट लुकाई छिपाई राखेको ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै अटो चालक ईटहरी-१० का ४५ बर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-६ की ५९ बर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका-१२ घर भई हाल झापाको अर्जुनधारा-१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० बर्षीय रोशन भट्टराईलाई १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम गाँजा सहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।