अरुण नदीमा बेपत्ता दुई बालिका मध्ये एक मृत फेला
धनकुटा । अरुण नदीमा बेपत्ता दुई बालिका मध्ये एक मृत फेला परेका छन् ।
बेपत्ता भएका मध्ये १३ बर्षिया खुसि राई मृत फेला परेकी हुन् ।
सुनसरीको मसानघाट पारी उदयपुर साइडमा बालिका मृत अवस्थमा फेला परेको र निजको पोष्मार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
अर्की बालिकाको पनि खोजि कार्य तिब्र पारिएको हतुवागढी ९ का वडाध्यक्ष सञ्जल राईले जानकारी दिए ।


