बारामा २१२ किलो बढी गाँजा बोकेको पिकअप सहित ४ जना पक्राउ

बारा, १४ असार । बारा स्थित प्रहरी गस्ती टोलीले गण्डक नहरमा २१२ किलोभन्दा बढी गाँजा बोकेको एउटा पिकअप गाडी सहित ४ जना लाई पक्राउ गरेको छ।

 

हेटौडाबाट बारा प्रसौनी गण्डकतर्फ लागुऔषध गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले २१२ किलो ९२८ ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार बिहान साढे ८बजे  ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले परवानिपुर गाउँपालिका  ५ स्थित गण्डक नहरको सडक खण्ड अन्तर्गत चेकप्वाइन्टमा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा धानको भुषभित्र लुकाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखानालाई बताए । 

 

गाडीका चालक मकवानपुर, थाहा नगरपालिका  ४ तालुङका २८ वर्षीय रबि कार्की, सोही गाडीमा सवार मकवानपुर, टिसटुङ  १२ का ४६ वर्षीय बिर बहादुर गोले, हेटौडा उपमहा नगरपालिका  १४ का २३ वर्षीय साजन मुक्तान र धादिङ, थाक्रे गाउँपालिका ७ का ३१ वर्षीय महेश तामाङ पक्राउ गरिएको एसपी तामाङ्गले जानकारी दिएका छन्।

पक्राउ परेकाहरू विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डित द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।