रौतहटको एसईई नतिजा ७१.२० प्रतिशत, २ छात्राले ल्याए ४ जिपिए

सञ्जय मिश्रा/रौतहट, १४ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रवार प्रकाशित नजिता अनुसार रौतहटबाट सहभागी छात्र छात्रा परीक्षार्थीहरुले सहभागी संख्याको आधारमा कुल ७१.२० प्रतिशत उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी भएका कुल ९ हजार २७३ परिक्षार्थीहरु मध्ये ६ हजार ६०२ उतिर्णहुँदा संख्याको आधारमा ७१.२० प्रतिशत नतिजा आएको हो। सहभागी मध्ये २हजार ६७१ जना परिक्षार्थीहरु उतिर्ण हुन नसकेर पुनः परीक्षा दिनुपर्ने जिल्ला शिक्षा समन्वय इकाई कार्यालय गौरले जनाएको छ।

शुक्रवार प्रकाशित नतिजा अनुसार ६११ जना परीक्षार्थीले ए प्लस, २ हजार ३२१ जना ए, २ हजार ७१० बी प्लस, ९३६ बी, २४ सि प्लस, र २ हजार ६७१ जना परीक्षार्थीले एनजी ल्याएको शिक्षा समन्वय ईकाई कार्यालयले उल्लेख गरेको छ। 

 

त्यसैगरी यसपटकको एसईई को प्रकाशित नजिता अनुसार  जिल्लाको मध्य स्थान गरुडा नगरपालिका जिंगडिया स्थित नेपाल प्रहरी विद्यालय की  दुई जना छात्राले फोर जिपिए ल्याएकी छिन्।

सिम्बल नम्बर ०३५०५३३८ आर  भएकी मायुसी कुमारी साह र ०३५०५३६५ एस सिम्बल नम्वर भएकी स्मृति जयसवालले सर्वोत्कृष्ठ फोर जिपिए ल्याएको प्रहरी विद्यालयका प्रधानाध्यापक रामशरण रिजालले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।