झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जना पक्राउ

विराटनगर, असार १५ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ स्थितमा प्रहरी चौकी भरौलको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कार भित्रमा कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको १ सय २० किलोग्राम गाँजा सहित कार चालक मोरङ विराटनगरका- ४ का २६ बर्षीय धिरज गोसाई र सोही कारमा सवार जहदा गाउँपालिका- ७ का २२ बर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको छ ।

यसै गरी मोरङको रतुवामाई नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा रतुवामाई-४ का ३५ बर्षीय रंजित शर्मा र ३० बर्षीय रोम बहादुर राजबंशीलाई ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

सोही दिन लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका- ७ का २१ बर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर, विराटनगर-११ का १९ बर्षीय निखिल मल्लिकलाई NITRAZEPAM ७० ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय विराटचोकले ट्रामाडोल ९० ट्याब्लेट सहित सुन्दरहरैचा- ९ का २७ बर्षीय अनिल कुमारलाई पक्राउ गरेको छ ।

त्यसैगरी लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाले कनकाई नगरपालिका- ३ का २७ बर्षीय निर्मल बिश्वकर्मा र मोरङ मिक्लाजुङका २० बर्षीय सिसिर लिम्बुलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।