पर्सामा लागुऔषध कारोवारको जालो तोडिदैँ, एकै बर्ष १५१ कारोबारी पक्राउ

बिरगंज, १५  असार। लामो समय देखि लागुऔषध कारोवारको हब बन्दै गएको पर्सा जिल्लामा प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।

 

जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुरै एक्सनका साथ सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियानको प्रभावकारी भएको छ । 

पर्सा जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा अनेक प्रकारका लागुऔषध बरामद गरेको छ। त्यस्तै कारोवारमा संलग्न तथा ठूलो संख्यामा दुर्व्यसनी लाई कारवाहीको दायरामा ल्याईएको छ।

यस आर्थिक वर्षको साउन महिनादेखी गत असार १२ गतेसम्म प्रहरीले १५ क्विन्टल ६१  किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ। त्यस्तै, ६ क्विन्टल २५ किलोग्राम चरेस, ३८४ ग्राम खैरो हेरोइन र १ क्विन्टल ४९ किलोग्राम अफिम बरामद गरिएको एसपी मिश्रले न्युज कारखानालाई बताए ।

सोही अवधिमा प्रहरीले नशालु ईन्जेक्सन फेनारगन, डाइजेपाम नुरफिन ९ हजार एम्पुल, नशालु नाइट्राभेट ट्याब्लेट, ३ हजार ७०८ पिस, नशालु झोल १८६ फाईल कोरेक्स सिरप र नशालु क्याप्सुल ट्रामाडोल २ लाख ८९ हजार पिस बरामद गरिएको एसपी मिश्रले जानकारी दिए ।

पर्सा जिल्लामा जकडिएको लागुऔषधको जालो तोड्न बिभिन्न किसिमका लागु औषधका साथ पक्राउ परेका १५१ जना मध्ये ११४ जनालाई कारवाहीको दायरामा ल्याईएको तथा बाँकी लाई सामान्य कार्वाही गरी तारेखमा छोडिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

बिगत देखि नै लागुऔषध उत्पादन तथा मकवानपुर लगायत जिल्लाबाट भारत तर्फ ढुवानी गर्ने मुख्य मार्ग पर्सा जिल्ला रहेको थियो। तर एसपी मिश्रले पुरै एक्सनका साथ लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाइए पछि कारोवारको जालो तोड्न प्रहरी प्रायः सफल भएको उनको भनाई रहेको छ।

नेपालको मुख्यद्वार तथा भारतीय सहर रक्सौलसँग जोडिएको बिरगंजमा लागु औषध दुव्र्यसन र कारोवार पुर्ण नियन्त्रण प्रहरीले एक्लै चाहेर पनि गर्न नसक्ने एसपी मिश्रले न्युज कारखाना लाई बताएका छन्।

आफू र आफ्ना सम्पूर्ण सहकर्मीको प्रयास पछि पर्सामा लागुऔषध कारोवार र बिगतको तुलनामा प्रयोगकर्ताको संख्यामा निकै कमी आएको उनको भनाई छ।

पर्सा जिल्लामा लागुऔषधको कारोवार पूर्ण रुपमा नियन्त्रण गर्न जिल्लाका नागरिक समाज र सेवनकर्ताको अभिभावकको अहम भूमिका हुने भएकाले सहयोग गर्न एसपी गौतम मिश्रले आग्रह गरेका छन्। 

भारतबाट बिभिन्न नाका हुँदै तस्करले भित्र्याएको ३२ करोड भन्दा बढीको राजश्व छलीको सामान प्रहरीले बरामद गरी बिरगंज भन्सार तथा राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।