बालिकालाई अपहरण र जबरजस्ती करणी घटनाका अभियुक्त ५ बर्ष पछि पक्राउ

महोत्तरी । महोत्तरीमा ६ वार्षिय बालिकालाई अपहरण र जबरजस्ती करणी घटनाका अभियुक्त लाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५ बर्ष पछि पक्राउ गरेको छ ।

महोत्तरी जिल्लामा घटेको एक गम्भीर आपराधिक घटनामा संलग्न दुइ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

अपहरण, शरीर बन्धक ,जबरजस्ती करणी र हत्या जस्तो अपराधमा संलग्न रहि करिब ५ बर्ष देखि फरार रहेको उनीहरूलाई जलेश्वर नगरपालिका १२ नैन्ही बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

२०७७ मंसिर ७ गते दिउँसो करिब ४:३० बजे बर्दिबास नगरपालिका–१५ स्थित ६ वार्षिय बालिका गुलावसा खातुन घरबाट पसल तिर चकलेट किन्न जादा बाटो बाट अपहरण गरेर बलात्कार गरि बालिकालाइ हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न रहि फरार भएर भारततिर बस्दै आएका गौशाला नगरपालिका ५ घर भइ हाल महोत्तरीको बर्दिवास नगरपालिका १४ शुभम बस्ती टाेलमा बस्ने बर्ष ६० को राज किसोर साह र उनकी श्रीमति बर्ष ५१ को सुशीला देबि साहलाई प्रहरीले पक्राउ गरि आज सार्बजनिक गरेको छ ।

अभियुक्त दुबै जना बालिका को शव लुकाउनमा मुख्य अभियुक्तलाई सहयोग गरेको प्रहरीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।