सर्पको डसाईवाट दुई जनाको मृत्यु

सञ्जय मिश्रा /रौतहट, १५ असार । रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ।
 
गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ।
 

पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो। 
 

रिंकु देवीलाई आज बिहान घरअगाडि बाटोमा थुपारिएको माटो निकाल्ने क्रममा विषालु सर्पले डसेको थियो। घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
 
हालसम्म कुन प्रजातिको सर्पले डसेको हो भन्ने पहिचान हुन सकेको छैन।
 

त्यस्तै दुईदिन अघि ईशनाथ नगरपालिका–६, पलटुवा टोलमा सर्पदनस बाट एकजनाको मृत्यु भएको थियो।
 

स्थानिय सरफुद्दीन भाइका जेठो छोरा कमरुदिन सर्पदंशको शिकार भएका थिए।
 
घटनाबारे विस्तृत विवरण नआए पनि डसाइपछि उनको ज्यान गएको पुष्टि भएको छ।
 

यी दुई घटनाले रौतहट जिल्लामा सर्पदंशको जोखिम गम्भीर बन्दै गएको संकेत गर्छ। स्थानीय बासिन्दा चिन्तित छन् भने स्वास्थ्य तथा सुरक्षा निकायलाई थप सक्रियता देखाउनुपर्ने अवस्था आएको छ।
विशेषज्ञहरूले आग्रह गरेका छन् कि:
सर्पदंशको घटना भए तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ।
 

घर वरपरको झारपात हटाउनु, गारो फोहर व्यवस्थापन गर्नु र सुरक्षात्मक कपडा लगाउनु जरुरी छ।

सर्प देखिएमा आफैं नियन्त्रण गर्न नखोजी सम्बन्धित निकायलाई खबर गर्नु उपयुक्त हुन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।