आफ्नै श्रीमतीको हत्या गरि फरार ३ बर्ष पछि पक्राउ

सञ्जय मिश्रा/रौतहट, १६ असार। आफ्नै श्रीमतीको जघन्य हत्यागरी तिनबर्ष देखि फरार रहेका एकजना अभियुक्त लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका जघन्य हत्याका अभियुक्त ईशनाथ नगरपालिका  ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए ।

२०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे  ईशनाथ नगरपालिका  ४  मठीया टोलस्थित भगाई साहको गहुँको खेतमा २० वर्षीया युवतीको शव फेला परेको थियो।

 

मृतक युवतीको नाम श्रीमती चाँदनी मन्सुरी रहेको र उनको घाँटी सालले बेरिएको, मुखमा साल कोची जघन्य  हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

 

उक्त घटनामा संलग्न रहँदै फरार रहेका मृतकका श्रीमान फैयाद मियाँ मन्सुरीलाई प्रहरीले विशेष सूचनाका आधारमा गत १३  गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपककुमार राय द्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

 

मन्सुरले के कारणले आफ्नै श्रीमतीको हत्या गरेको बारे प्रहरीले खुलाएको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖