मृगौला पीडित लुलाङकी ओसना विकको याचनाः ‘सहयोग पाए बाँच्ने थिएँ’

म्याग्दी । मृगौला फेल भएर उपचरार्थ म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङकी २७ बर्षिया ओसना बिकले सहयोगको याचना गर्नुभएको छ ।

मृगौला फेल भएर नेशनल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराइरहर्नुभएकी विकले नियमित डायलासिस, औषधि सेवन र मिर्गौला प्रत्यारोपणका लागि स्वदेश तथा विदेशमा रहनुभएका शुभेच्छुक तथा सहयोगी संस्थालाई सहयोगको याचना गर्नुभएको छ ।

डायलाासिस निःशुल्क भएपनि मासिकरुपमा रगत जाँच गर्नुपर्ने, रगत लिनुपर्ने, दैनिक औषधि सेवन गर्नुपर्ने, रगत बढाउने सुई लगाउनुपर्ने तथा कोठा लगायतका अन्य खर्च धान्न मुस्किल भएपछि सहयोगको अपिल गरेको विकले बताउनुभयो । ‘छोराका लागि पनि बाँच्नुपर्ने छ, मलाई सबैले सहयोग गरिदिनुहोला, अहिलेसम्म आफन्तको सहयोगले सहज भएको थियो, मासिक ४० हजारभन्दा बढी खर्च हुने भएकाले सहयोगको अपिल गरेको छु’ विकले भन्नुभयो ।

ब्लडप्रेसरले मृगौला र आँखामा असर गरेपििछ पोखराको मनिपाल अस्पतालमा उपचारपछि काठमाण्डौमा जानु भएकी विकको घरको आर्थिक अवस्था कमजोर छ । ‘घरमा आम्दानी छैन, आफ्नो कमाई छैन,डायलिसिस गर्नपनि गाह्रो भएको छ’ भाबुक हुदैं विकले बेनीअनलाइनलाई भन्नुभयो ।

नियमित उपचारपछि आमा र बुबाको मृगौला मिलेमा दिन तयार हुनुभएकाले अहिले नियमित उपचारमा खर्च आवश्यकता रहेको बताउनुभयो । औषधि सहित प्रत्यारोपण गर्नका लागि १५ देखि २० लाख खर्च हुने अनुमान गरिएकोमा अहिले सामान्य खर्च धान्न समेत धौ धौ भएको पीडित विकका आफन्तको भनाई छ ।

उपचारका लागि म्याग्दीको ओमकुमारी शान्ति कोषले समेत अभियान र कोषबाट सहयोगको प्रतिबद्धता जनाएको पीडित बिकले बताउनुभयो । पीडित विकले धवलागिरी गाउँपालिका सहित अन्य धेरै सरकारी निकाय र संघसंस्थाबाट समेत सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

‘रोगी र दुखी गरिबलाई सहयोग हुन्छ भन्नेमा आशाबादी छु’ विकले भन्नुभयो । सहयोग गर्न चाहनेले प्रभु बैंकमा रहेको खाता नं. १०३०२३३३७६०००१७ मा सहयोग रकम जम्मा गरिदिन अपिल गर्नुभएको छ । थप जानकारीका लागि ओसना विक ९८६४८९२८२७ मा समेत सम्पर्क गर्न सक्नुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।