झापा र इलामबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, भदौ १७ गते । झापा र इलामबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १६ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा अर्जुनधारा नगरपालिका- २ का २८ बर्षीय प्रकाश योङहाङको साथबाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी प्रहरी चौकी फिक्कल इलामले मकवानपुर घर भई हाल सुर्यादय नगरपालिका- १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्यादय नगरपालिका- १० का ४० बर्षीय मनराज तामाङलाई १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖