काठमाण्डौबाट सोलुतर्फ आउदैँ गरेको सुमो दुर्घटना, चार घाइते काठमाण्डौ पठाइयो(नामावली सहित)

सोलुखुम्बु । सोलुखुम्बुः सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा आज बिहान सवारी दुर्घटना भएको छ ।

प्रहरीका अनुसार काठमाण्डौबाट सोलुतर्फ आउदैँ गरेको ना १ ज ५०७४ नम्बरको सुमो अनियन्त्रित भई बिहान करिब १०ः३५ बजे दुर्घटना हुँदा १० जनामध्ये ६ जना सकुशल छन् भने ४ जना घाइते भएका छन् ।

दुर्घटनामा सुमो चालक जिल्ला ओखलढुङ्गा सुनकोशी गाउँपालिका–१० का ३१ वर्षीय सुरज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेको अवस्था यसप्रकार छः

दोलखा भीमेश्वर नगरपालिका–७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का (ढाड र छातीमा ठोक्किए पनि अवस्था सामान्य)

पाल्पा रामपुर नगरपालिका–३ का ३२ वर्षीय सचिन मल्ल (करङमा चोट, अवस्था मध्यम)

ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–११ की २५ वर्षीया करिश्मा बस्नेत (हात र ढाडमा चोट, अवस्था सामान्य)

ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–११ की २२ वर्षीया निरुता बस्नेत (हातमा चोट, अवस्था सामान्य) प्रहरीका अनुसार घाइतेहरूलाई प्रारम्भिक उपचारपछि ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा लगिएको थियो ।

त्यहाँ उपचार पश्चात थप उपचारका लागि बिहान ११ः४५ बजे काठमाडौं जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।-सोलु एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।