कस्तो रहला आजको मौसम ?

काठमाडौ । देशभरको मौसम आज साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

गएराति पनि कतै ठूलो पानी परेन । पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोकको चन्द्रकु जलमापन केन्द्रमा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै १५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

१० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भएमा मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा मापन भयो भने त्यसलाई ठूलो (भारी) वर्षा भएको भनिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।