सुनसरीको झुम्का कारागारमा दुई कैदीको मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारमा दुई जना कैदीको मृत्यु भएको छ। सुनसरीको गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको हो।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।उपचारकै क्रममा उनको सोमबार बिहान सवा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लागूऔषध मुद्दामा पुर्पक्ष कैदमा रहेका राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि बीपी प्रतिष्ठानमै भर्ना गरिएको थियो। उनको मंगलवार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मृतक दुवै जनाको शव आफन्तले बुझेर लगेको जनाइएको छ।
उक्त कारागारमा गत भदौ ४ गते मात्रै भोजपुरको हतुवागडी गाउँपालिका–८ घर भई हाल धरान उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय विकास राईको मृत्यु भएको थियो। उनी अचानक बेहोस भएर ढलेका थिए। उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।पछिल्लो समय कारागारमै अस्वभाविक रूपमा ज्यान जान थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागारको अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार कारागारका ब्लक ए र ब्लक बी गरी दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण गरिने र गम्भीर समस्या देखिएका कैदीलाई स्थानान्तरण गर्ने तयारी भएको छ ।
झुम्का कारागारका दुई ब्लकमा हाल एक हजार ७९४ जना कैदी रहेका छन् ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।