पत्रकारलाई भिडियो खिच्न मोरङका सिडिओको रोक, क्रसर अनुगमनका बेला विवाद

मोरङ, १८ भदाै‌ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् ।

 

मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् ।

 

 

स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई र नगर प्रमुख केदार गुरागागईसहितको उपस्थितिमा भएको कुराकानीको छायाँकन गरिरहेका पत्रकारहरु नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबरका सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ टेलिभिजनका मनोज भुजेल र पूर्वी अनलाइनका पत्रकार कृष्णचन्द्र सुवेदीलाई भिडियो नखिच्न भन्दै रोक लगाएका हुन् ।

 

 

 

रिपोर्टिङका लागि खबर पाएर पुगेका पत्रकारहरुले अनुगमनको भिडियो खिचिरहेका बेला प्रजिअ यादवले कुराकानीको “भिडियो नबनाउनु, भिडियो नबनाउनु” भन्दै रोक लगाएका हुन् ।

 

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले सार्वजनिक स्थलमा भिडियो रिपोर्टिङ गरिरेहको अवस्थामा जनप्रतिनिधहरुको अगाडी प्रमुख जिल्ला अधिकारीले भिडियो खिच्न रोक लगाउँदै दुव्र्यवहार गर्नु दुःखद भएको बताइन। यो कार्य सूचनाको हक सम्बन्धि ऐन र प्रेस स्वतन्त्रताको मर्म विपरित रहेकाले राज्यका निकायमा बसेकाहरुले यस्ता कार्यहरु सच्याउनुपर्ने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।