संखुवासभामा भरुवा बन्दुक सहित एक जना पक्राउ
संखुवासभा, भदौ १८ गते । संखुवासभाको पाँचखपन नगरपालिका-४ का ४३ बर्षीय राम बहादुर श्रेष्ठलाई लोड गरेको १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
भदौ १७ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा खानतलासी गर्दा ओछ्यानमुनी लुकाई छिपाई राखेको अवस्थामा लोड भएको १ थान भरुवा बन्दुक फेला पारेको हो ।
अवैध भरुवा बन्दुक सहित पक्राउ परेका उनको थप अनुन्धान भईरहेको छ ।


