मोरङको रतुवामाईमा सशस्त्र प्रहरी हवल्दार ब्राउनसुगरसहित पक्राउ

उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १ चुनीमारीमा कार्यरत सशस्त्र प्रहरीका एक हवल्दार ब्राउनसुगरसहित पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा खटिएका पर्सा वीरगञ्ज घर भएका ३६ वर्षीय हवल्दार मनिष गिरीलाई ओछ्यानको सिरानीमुनि लुकाइराखिएको अवस्थामा ३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो।

गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार हवल्दार गिरीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।