झुम्का कारागारमा थप एक जना बन्दीको मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारमा बुधबार साँझ थप एक जना बन्दीको मृत्यु भएको छ ।

सप्तरीको राजविराज–८ घर भई हाल झुम्का कारागारमा बन्दी रहेका ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझमा मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।यादवलाई ज्वरो आएपछि बुधबार साँझ ५ ५ः ३० बजेतिर सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचारका लागि लगिएको थियो । अस्पताल भर्ना भएपछि श्वासप्रश्वासमा समस्या थपिएको र उपचारकै क्रममा यादवको मृत्यु भएको निम्ति जेलर राम निरौलाले जानकारी दिए ।

मृतक यादव जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए । झुम्का कारागारमा उच्च ज्वरोका ३ सय बढी बिरामी, सिकिस्त १३ जनामा उच्च ज्वरोका बिरामी भएकाले थप उपचार गर्न धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको निरौलाले बताए ।
कारागारमा बिरामी भएकाहरूका लागि जिल्ला अस्पताल इनरुवा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीलाई झिकाएर बुधबार मध्यरातसम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

बिरामीका लागि चिकित्सकको टोलीले चेकजाँच गरी आवश्यक औषधी दिइएको बताउँदै, निरौलाले भने, ‘बिरामीको संख्या बढी रहे पनि चिकित्सकको टोली हाई अलर्टमा राखेर चेकजाँच गर्ने काम पनि भइरहेको छ ।’

पछिल्लो एक साताको अवधिमा झुम्का कारागारमा ३ जनाको कैदी बन्दीको मृत्यु भई सकेको छ । झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९८ जना कैदी बन्दी रहेका छन् ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।