मोरङ, सुनसरी, उदयपुर र इलामबाट लागू औषध सहित ११ जना पक्राउ

विराटनगर, भदौ १९ गते । मोरङ, सुनसरी, उदयपुर र इलामबाट लागू औषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १८ गते विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय पथरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका- ६ का मिन बहादुर बस्नेतलाई उनकै घरको कोठाबाट ४९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसै गरी सुनसरीको इटहरी उप महानगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी कुकुर सहितको चेकिङ टोलीले चेकजाँचको क्रममा धरान-४ का अनिल राई, प्रेम बहादुर राई, झापा कमल गाउँपालिका-३ का सन्तोष बस्नेत र मोरङ सुन्दरहरैचा-२ का प्रतिक भण्डारीलाई ट्रमाडोल ८५० क्याप्सुल र स्पास ८५ क्याप्सुल सहित पक्राउ गरेको छ ।

सोही दिन जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका-९ स्थितबाट इलाम नगरपालिका-६ का रमेश श्रेष्ठ, सन्दकपुर-५ का मन बहादुर बुर्जा मगर र मोरङ पथरी शनिश्चरे- ९ का प्रकाश राईलाई ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी-४ का दिपेन राईलाई प्रतिबन्धित औषधी ४० ट्याव्लेट सहित, पुनम थापामगर र अभिषेक थापामगरलाई १ किलो १४० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।