झुम्का कारागारका चारसय कैदीबन्दीलाई भाइरल ज्वरो, तीनजनाको मृत्यु

झापा । झुम्का कारागार, सुनसरीमा भाइरल ज्वरोको प्रकोपले पछिल्लो चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएसँगै बुधबार, आइतबार र सोमबार एक–एक जनाको मृत्यु भएको हो ।

निमित्त जेलर राम निरौलाका का अनुसार मृत्यु हुनेमा स्वासप्रश्वाससँग समस्या र उच्च ज्वरो देखिएको थियो । बुधबार बेलुका सप्तरीको राजविराज–८ घर भई झुम्का कारागारमा रहेका बन्दी ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियो ।

उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएपनि उनको उपचारका क्रममा निधन भएको हो । भदौ १५ गते रामदेव उराउको मृत्यु भएको थियो । भदौ १६ गते सागर राईको मृत्यु भएको हो ।

उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । राई भने शरीर नचलेका कारण केहीदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए । ज्वरोको प्रकोप झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ । जेलर निरौलाका अनुसार ती मध्ये १९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

कारागार प्रशासनले ६ जनालाई उपचारका लागि पठाएको थियो । ज्वरोको प्रकोप फैलिएपछि पुगेको स्वास्थ्यकर्मीको टोलीले बुधबार राति थप १३ जनालाई उपचारका लागि पठाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।