लघुकथा प्रतियोगितामा पूर्वाञ्चल विद्या सदनकी मिश्रा प्रथम

विराटनगर । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन विराटनगरले विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई अगाडि बढ्ने वातावरण सिर्जना गर्न प्याब्सन अग्रसर देखिन्छ । यसैक्रममा प्याब्सन विराटनगरले विद्यार्थीलाई साहित्यप्रति आकर्षित गराउन लघुकथा लेखन कार्यशाला तथा प्रतियोगिता सञ्चालन गरेको छ । बिहीबार विराटनगरमा ‘प्याब्सन–अल्फा लघुकथा लेखन कार्यशालासँगै प्रतियोगिता पनि सम्पन्न भएको छ ।

कार्यशालाअन्तर्गत लघुकथा लेखन सम्बन्धी प्रशिक्षण दिइएको थियो । जसको संयोजन लघुकथाकारसमेत रहेका परशुराम घिमिरेले संयोजन गरेका थिए । उनले सहभागी विद्यार्थीहरुलाई लघुकथा लेख्नका लागि आवश्यक तत्वसहित लघुकथा लेख्ने तरिकाका विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागी ३२ जना विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । साहित्यकार मुक्तिनाथ घिमिरेले प्रतियोगिताको संयोजन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले प्याब्सन विराटनगरले निकै महत्वपूर्ण कार्य गरेको भन्दै सिर्जनामा लाग्न विद्यार्थीलाई आग्रह गरे । त्यस्तै प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलले प्याब्सनले पठनपाठनसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने गरेको उल्लेख गरे ।

कवि एवं पत्रकार मीनकुमार नवोदितले सिर्जनामा लाग्ने व्यक्ति सधैं अमर रहने बताए । राज्यका विभिन्न निकायका उपल्लो स्थानमा पुगे पनि निश्चित समयपछि पूर्व हुने उल्लेख गर्दै नवोदितले सिर्जनामा लाग्ने व्यक्ति कहिल्यै पूर्व नहुने दाबी गरे ।

आयोजक संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठले प्याब्सन विराटनगरले विद्यार्थीका लागि साहित्य लेखनसँगै चित्रकला, वक्तृत्वकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन अवसर सिर्जना गर्ने गरेको सुनाए ।

प्रतियोगितामा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलकी शिक्षा मिश्रा प्रथम, सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलकी सुविक्षा अधिकारी द्वितीय र दिल्ली पब्लिक स्कुलकी प्रेरणा पण्डित तृतीय भए । त्यस्तै पोलस्टार स्कुलका रिदम दाहाल र एजेलिया सेकेण्डरी बोर्डिङ स्कुलकी प्रशंसा कट्टेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, प्रशिक्षक परशुराम घिमिरे, निर्णायक मुक्तिनाथ घिमिरेलगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयका ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।