प्रहरी कार्यक्रम प्रसारणको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र एनटिभी इटहरीसंग सम्झौता

बिराटनगर, भदौ २० गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरी विच प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता नविकरण भएको छ ।

भदौ २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्की र सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरीका प्रमुख वसन्त रुपाखेती विच सम्झौता नविकरण भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले टेलिभिजन कार्यक्रम मार्फत आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरी तथा स्थानिय टेलिभिजनहरुसंग सम्झौता गरी प्रहरी कार्यक्रमलाई प्रभावकारीरुपमा निरन्तर प्रसारण गर्दै आईरहेको छ ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोल लगायत प्रहरी अधिकृतहरु तथा सार्वजनिक सेवा प्रसारण नेपाल NTV च्यानल इटहरीका उत्पादन प्रमुख अमित कुमार वर्मा सहितका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।