झापाको बिर्तामोड बसपार्कमा जन्मदिन मनाउन बोलाएर चक्कु प्रहार, दुई बालक घाइते

झापा । झापाको बिर्तामोड बसपार्कमा गत भदौ ९ गते जन्मदिन मनाउन बोलाएर चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दुईजना बालक घाइते भएका छन् ।

पीडित परिवारका सदस्यले हिजो मात्र प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । इलाका प्रहरी कार्यालय अनारमनीमा शरीर बन्धक सम्बन्धी मुद्दामा जाहेरी परेको प्रहरीले जनाएको छ । प्रहरीले जाहेरीपछि अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

अर्जुनधारा–११ बिर्तामोड नयाँ बसपार्कमा साथीहरु बोलाएर कोठामा बन्धक बनाएर हात बाँधेर चक्कु समेत प्रहार गरेको घटना बाहिर आएको हो । हात काटेर रगतले टिका लगाइएको तस्वीरमा देख्न सकिन्छ ।

आफ्नो जन्मदिन मनाउन बोलाएर घरमा साँझ ७ बजेदेखि १० बजेसम्म बन्धक बनाइएको हो । दुई बालकहरुको मुखमा कपडा खाँदेर चक्कु प्रहार गरिएको एक आफन्तले जानकारी दिए । हल्ला गरेमा मारेर चिया बगानमा फालिदिने धम्की दिएको पीडित बालकहरुले परिवारलाई जानकारी दिएका छन् ।

फुटबल खेल्दा चिनेको साथीले जन्मदिनमा बोलाउँदा छोराहरु गएको पीडित परिवारका अभिभावकले बताए । घरमा कोही नभएको बेला बन्धक बनाएर चक्कु प्रहार भएको हो ।

बुबाले प्रहरी लिएर आउदैछौँ भनेर फोनमा भनेपछि अर्जुनधारा–६ का पीडित दुई बालकहरुलाई मुक्त गरिएको थियो । चक्कु देखाएर बन्धक बनाउनेले फोनमा साथीको जन्मदिन मनाएर बसिरहेको र भोलि मात्रै घर आउने भन्न लगाएका थिए ।

छोराहरु घर नआएपछि अभिभावकले लोकेसन पत्ता लगाइसकेको र तिमीहरु भएको ठाउँमा आउने भनेपछि बन्धक बनाउनेहरु फरार भएका थिए ।

प्रहरीले जन्मदिन मनाउन बोलाएर चक्कु प्रहार गर्नेलाई पक्राउ गरिसकेको छ भने सहयोग गर्नेहरु फरार रहेको बुझिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।