मानव बेचबिखन नियन्त्रणमा योगदान बापत एसपी मिश्रा सम्मानित

सञ्जय मिश्रा /वीरगंज २० भदौ।   मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ।

 

मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको राष्ट्रिय दिवस (भदौ २०) का अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा एसपी मिश्रलाई उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकारीका रूपमा सम्मान गरिएको हो।

 

नेपालमा मानव बेचबिखन एक गम्भीर सामाजिक अपराधका रूपमा दीर्घकालीन चुनौती बनेको छ।

 

विशेष गरी सीमावर्ती जिल्ला पर्सा, बारा र रौतहट उच्च जोखिम क्षेत्र मानिन्छन्। यस्ता क्षेत्रमा प्रहरीको सक्रियता, स्थानीय निकायसँगको समन्वय र सचेतनामूलक अभियानलाई नियन्त्रणका मुख्य उपायका रूपमा लिइन्छ।

 

करिब सात महिनाअघि पर्सामा पदस्थापित एसपी मिश्रले मानव बेचबिखन विरुद्ध व्यापक अभियान सञ्चालन गरेका छन्।

 

उनका नेतृत्वमा हालसम्म १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ र सफल अनुसन्धान सम्पन्न भएको मन्त्रालयले जनाएको छ। त्यस्तै करिब ३०० महिला तथा बालबालिकाको उद्दार गरी सुरक्षित रूपमा परिवारमा पुनःस्थापना गरिएको छ।

 

मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले करिब ३५० सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय तह, नागरिक समाज तथा विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको पर्सा प्रहरीले न्युज कारखानालाई जनाएको छ।

मन्त्रालयका अनुसार एसपी मिश्रलाई प्रदान गरिएको यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई जनमुखी र परिणाममुखी प्रहरी कार्यशैलीको प्रतिबिम्ब हो।

 

यसले अन्य सुरक्षा निकायलाई समेत प्रेरणा दिने विश्वास लिइएको छ।
मानव बेचबिखनविरुद्धको संघर्ष दीर्घकालीन र चुनौतीपूर्ण भए पनि प्रहरीको सक्रियता, सरकारी नीति र नागरिक समाजको सहकार्यद्वारा मात्रै यसलाई न्यूनिकरण गर्न सकिने तथ्य मन्त्रालयले औंल्याएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖