विराटनगर महानगरस्तरीय वक्तृत्वकलामा आदर्शकी रञ्जना प्रथम

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।

आदर्श माविकी समन्वय र व्यवस्थापनमा आयोजित प्रतियोगितामा १७ वटा विद्यालयलाई पछि पार्दै रञ्जनाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् । ‘लोकतन्त्रको सबलीकरणमा नागरिकको कर्तत्व’ विषयमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनालीले द्वितीय जितिन् । कवि एव पत्रकार मीनकुमार नवोदित र नेपाल सरकारका पूर्वउपसचिव तथा शैक्षिक क्षेत्रमा लामो अनुभव बटुलेका राजेन्द्र बुढाथोकी सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

प्रतियोगितामा सेन्ट जोसेफ स्कुलका रिजन मिश्र तृतीय हुँदा ग्रिनल्याण्ड माविका छात्रा मयंक मिश्रले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजेतालाई महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, शिक्षा अधिकृत कृष्ण भट्टराई, निर्णायकद्वय मीनकुमार नवोदित र राजेन्द्र बुढाथोकीले अविर लगाएर नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुङ्गेलसहित, शिक्षा अधिकृत कृष्ण भट्टराई, प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, आदर्श माविका सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहान, सहभागी विद्यालयका तर्फबाट नवराज पौड्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिक्षक शैलेन्द्र नेपाल र पुष्पमणि रिजालले समयसूचकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले यही भदौ २५ गते जिल्ला प्रशासन कार्यालय मोरङको हलमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । त्यस्तै जिल्लास्तरको प्रतियोगितामा प्रथम हुने विद्यार्थीले संविधान दिवसका अवसरमा असोज २ गते विराटनगरमा आयोजना गर्ने प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।