श्रीमतीलाई बलात्कार गरेको मुद्दामा नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ जेल चलान
काठमाडौ । पूर्वश्रीमतीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ जेल चलान भएका छन्।
बलात्कार तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत, ललितपुरका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले इन्स्पेक्टर गुरुङलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।


