मोरङमा दुई जना मृत फेला

मोरंग । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा पछिल्लो २४ घण्टाभित्र २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङले दुवै घटनाको गम्भीरतापूर्वक अनुसन्धान थालेको जनाएको छ ।

ग्रामथानको पैनीमा धनपालथान गाउँपालिका–५ बस्ने ५६ वर्षीय दुर्गा प्रसाद खवास मृत अवस्थामा भेटिएका हुन् । ग्रामथान गाउँपालिका–७, साधुटोलस्थित पैनीमा बिहीबार उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी, मिक्लाजुङमा उर्लाबारी नगरपालिका–१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ मृत फेला परेका हुन् । मिक्लाजुङ गाउँपालिका–६, कत्लेस्थित सडक छेउ उनी बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच, देशका अन्य दुई जिल्लामा पनि सोही अवधिमा दुई जना मृत भेटिएका छन् । बाँकेको खजुरा गाउँपालिका–२, एल गाउँमा बस्ने २८ वर्षीय लोग बहादुर सुनार आफ्नै घरभित्र बुधबार मृत भेटिएका हुन् ।
यस्तै, इलामको देउमाई नगरपालिका(७, सिउरेनीस्थित माईखोलाको किनारमा माई नगरपालिका–९ बस्ने ५० वर्षीय अर्जुन मगर बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले यी सबै घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको यकिन कारण खुल्ने जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖