विराटनगरको बाल सुधार गृहबाट ९ जना फरार

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट ९ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन्। बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गरेर भागेका हुन् ।

सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । उनीहरूको धक्कामुक्कीबाट ड्युटीमा रहेका ३ जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् ।

फरार भएकामध्ये २ जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेका छन् । अन्य ७ जनाको खोजी कार्य जारी छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भागेकाहरू १८ वर्षभन्दा माथिका रहेको र उनीहरूले जबरजस्ती गरेर फरार भएको बताए ।फरार भएकामध्ये दुई जनालाई नियन्त्रणमा लिइसकिएको उनले जानकारी दिए । फरार हुनेहरू १८ वर्षभन्दा माथिका छन् । सुधार गृहमा विभिन्न उमेर समूहका बिझ्याइँकर्ता एकै ठाउँमा बस्ने भएकाले समय समयमा समस्या आउने गरेको छ ।

फरार बिझ्याइँकर्ताका घरपरिवारलाई खबर गरिसकेको र घर पुगेमा प्रहरीलाई जानकारी दिन भनिएको कटवालले बताए ।

एसपी कटवालले सुधार गृहभित्रको क्षमताभन्दा बढी बिझ्याइँकर्ता बस्ने गरेका कारण समस्या थपिएको औंल्याए । सुरक्षाको विषयमा बोल्दै उनले सुधार गृहमा रहेका प्रहरीहरू पोसाक र हतियारबिनै ड्युटी गर्नुपर्ने अवस्था रहेको बताए ।

स्थानीय बासिन्दाका अनुसार सुधार गृहको पर्खाल बाहिरबाट झोलामा सामान फ्याँक्ने गतिविधि पनि हुने गरेको पाइएको छ । प्रहरीले फरार भएका बाँकी ७ जनाको खोजीका लागि टोली परिचालन गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।