झापामा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न दम्पती पक्राउ
झापा ।झापा बिर्तामोड नगरपालिका–५ त्रिवेणीचोकस्थित स्थानबाट आज कार्तिक २१ गते जिल्ला इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तोडफोड तथा आगजनी घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया श्रीमती पूजा मगर रहेका छन्। उनीहरू भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा गरिएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।


