​सिंहदरबार भित्रै गाडिको टायर चोरी, कर्मचारी पक्राउ

काठमाडौं, २ पुस । कर्मचारीले नै सिंहदरबारभित्रका गाडिको टायर चोरी गरेको खुलेको छ । चोरी भएका टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाएको छ ।

शनिबार चोरी भएका चारै वटा टायर प्रहरीले शंखमुलस्थित बराही टायर सेन्टरबाट बरामद गरेको छ । सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो ।

‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं,’ सिंहदरस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीले भने,‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, पक्राउ गरी अनुसन्धान गरिरहेका छौं ।’ चोरी गर्ने व्यक्ति सिंहदरबाभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ ।

स्थानीय विकास मन्त्रालयको परिसरमा रहेको टोयटा हाइलेक्स गाडिको चार वटै टायर चोरी भएका हुन् ।

डिएसपी जोशीका अनुसार शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्रि गरेको खुलेको छ । ग्यारेजका संचालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।