सशस्त्र मुख्यालयमा मध्यराती कसले लगायो आगो ?

काठमाडौं, ४ पुस । सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयभित्र एक भवनमा सोमबार मध्यराती आगो लागेको । कुनै प्रमाण नष्ट गर्ने उदेश्यले आगो लगाएको आशंकामा छानबिन सुरु भएको छ । दृष्टीन्यूजमा खबर छ – घटनाको छानबिनका लागि एआईजीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

मंगलबार बिशहान राती साढे १ बजे सशस्त्रको स्टोर भएको भवनमा आगो लागेको हो । आगलागीमा आर्थिक कारोबार समबन्धि केही महत्वपूर्ण कागजपत्रहरु समेत चलेका छन् । मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले एआईजी सिंह बहादुर श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । आगलागाी शंकास्पद भएकाले छानबिन सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी बाबुराम पाण्डेले बताए ।

आगलागीमा लेखासम्बन्धि महत्वपूर्ण कागजपत्र समेत जलेर नष्ट भएका छन् । सशस्त्र प्रहरीभित्र विगता भएका अनियमितता लुकाउन ती कागजपत्र जलाउने उदेश्यले कसैले आगो लगाएको आशंका गरिएको छ । २ वटा दमकलले करिब आधा घन्टामा आगो नियन्त्रणमा लिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।