वैदेशिक रोजगारीमा पठाउने भन्दै साढे २७ लाख ठग्ने प्रहरीको फन्दामा
काठमाडौं । रोजगारीका लागि पपुवान्यूगिनी पठाउने भन्दै २७ लाख ४५ हजार रुपैयाँ ठग्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
वेल्कम इन्टरनेशनल एजुकेशन फाउण्डेसन प्रा.लि नामको कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने ईजाजत पत्र नलिई पपुवान्यूगिनी पठाउने भन्दै २७ लाख ४५ हजार रुपैयाँ उठाएर फरार रहेका हरिबहादुर पाण्डेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
लम्जुङ तान्द्रङटाक्सार–३ बस्ने ४४ बर्षीय पाण्डेलाई वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ कात्तिक ३० गतेको फैसलाले २ वर्ष कैद र २ लाख रुपैयाँ जरीवाना गराउने निर्णय गरेको थियो । निर्णय आएसँगै फरार रहेका पाण्डेलाई ब्यूरोले पक्राउ गरेको हो ।
प्रहरीले पाण्डेलाई सोमबार काठमाडौँ बाँसबारीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडाँै जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।


