एकतामा सामेल नहुनेहरुले पार्टी छाडे हुन्छ : प्रचण्ड

भैरहवा, ८ पुस | माओवादी केन्द्रले समानुपातिक सूची निर्वाचन आयोगलाइ बुझाएको भन्ने खबरहरु सार्वजनिक भएको थियो ।

यत्तिकैमा आज भैरहवा पुगेर माओवादि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको प्रणालीतर्फको समानुपातिक सांसद कस–कसलाई बनाउने भन्नेबारे पार्टीमा संस्थागत निर्णय नभइसकेको भनेर ति सूचीमा रहेका समानुपातिक अपेक्षित सांसदरुलाई झट्का लगाइदिएका छन् ।

भैरहवामा आयोजित कार्यक्रममा प्रचण्डले समानुपातिकमा परेका भन्दै सञ्चार माध्यममा आएका नाममध्ये सबै सांसद नहुने स्पष्ट गरे । उनले निर्वाचन आयोगले नाम नमागेको र पार्टीले समेत निर्णय नगरेको अवस्थामा सञ्चार माध्यममा अनुमानका आधारमा नाम छापिएको टिप्पणी गरे ।

‘पार्टीले समानुपाकित सांसदबारे निर्णय गरिसकेको छैन’, उनले भने, ‘निर्वाचन आयोगले मागेपछि छलफल गरेर नाम पठाउँछौं ।’ प्रचण्डको यो भनाइले सांसद भएको भन्दै बधाई समेत खाइसकेका कतिपयलाई तनाब हुने देखिएको छ । सञ्चार माध्यमलाई आधार बनाएर कोही पनि भ्रममा नपर्न उनले आग्रह गरे । फरक प्रसंगमा उनले एमालेसँग एकता कसैले रोक्न नसक्ने बताए ।

एकताविरोधी तत्वले गरेको हल्लाका पछाडि नलाग्न उनले कार्यकर्तालाई निर्देशन दिए । एकतामा सामेल नहुनेहरुले पार्टी छाडे हुने अभिव्यक्तिसमेत उनले दिए । ‘एमालेसँगको एकता अब कसैले चाहेर पनि रोकिँदैन’, उनले भने, ‘यदि कसैलाई एकता मन परेको छैन भने ऊ छुट्छ ।’ फरक प्रसंगमा प्रचण्डले राष्ट्रिय सभा निर्वाचन विधेयकसम्बन्धी विवाद छिट्टै समाधान हुने दाबी गरे ।

प्रचण्डको यो भनाइ पश्चात अब माओवादी केन्द्रको समानुपातिक सूचीमा अवश्य पनि परिवर्तन आउने देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।