वाम एकता फुकाउने सबै कसरत हास्यास्पद : प्रचण्ड

चितवन,९ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा आएको उल्लेख गरे ।

पार्टी एकतामा दरार पैदा गर्ने प्रयत्न पनि भएको दाहालको भनाइ छ । ‘प्वाल पार्न पाइन्छ कि, दरार पैदान गर्न पाइन्छ कि भन्ने पक्ष पनि छ, हाम्रोजस्तो वर्गीय समाजमा त्यस्ता प्रवृत्ति हुन्छन्,’ उनको भनाइ थियो, ‘तर परास्त गर्न सकिन्छ ।’

वाम पार्टी एकता फुकाउने सबै कसरत हास्यास्पद हुने उल्लेख गर्दै दाहालले एकतालाई नेपाली समाजको अनुमोदन गरिसकेको बताए ।

राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीबाटै गर्नेमा सहमति भएको दाबी गर्दै दाहालले तर स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमाले र माओवादी केन्द्रबाट धेरै प्रतिनिधि विजयी भएपछि कांग्रेस पछि हटेको आरोप लगाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।