मैतीदेवीमा बस दुर्घटना, १७ जना घाइते (भिडियो सहित)
काठमाडौं । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकैको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेको नर्भिक अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार बिहान साढे ३ बजेतिरको समयमा दुर्घटना भएको हो । बिजुलीको पोलमा ठोक्किएपछि बस सडकमै पल्टिएको छ ।


