ओलीको गृह जिल्लामा चीनले खन्यायो पैसा !

झापा, १३ पुस । झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले बिहीबार स्थलगत अवलोकन गरेको छ ।

औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक क्षेत्र स्थलगत अध्ययन गर्नुका साथै सरोकार भएकाहरुसँग अन्तरक्रियासमेत गरेको छ । ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको अध्ययन टोलीले चीन नेपाल यइ इन्डस्ट्रियल पार्क निर्माणको समझदारीपत्रबारे स्थानीय सरोकार भएका पक्ष र नगरपालिकाका प्रतिनिधिसँग छलफल गरेको औद्योगिक उद्यानका अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।

यसअघि बिहान टोलीलाई दमक नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा लिउले दमकमा स्थापना हुने औद्योगिक क्षेत्रमार्फत नेपालको आर्थिक क्रान्तिलाई सघाउ पु¥याउन चीन सरकार इच्छुक रहेको बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्र निर्माणले तीव्रता पाउने बताए । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले चीन सरकारले तीन खर्ब ३३ अर्बको लगानीमा औद्योगिक उद्यान बनाइदिनेसम्बन्धी सम्झौता यसअघि नै भइसकेको जानकारी दिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖