गर्भ बसेपछि प्रेमिकाको हत्या, युवक पक्राउ

गुल्मी, १८ माघ । गुल्मीमा गर्भ बसेपछि एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ । हत्या आरोपमा बिहादी-८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्रेको छ ।

बुधबार साँझ कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा जैनिनी-२, धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटिएको थियो । अनुसन्धानका क्रममा प्रदीपले प्रेमिका कमलाको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

‘मृतक कमला र प्रदीपबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । विस्तारै सम्बन्ध बढ्दै गर्दा उनीहरुबीच शारीरिक सम्पर्कसमेत भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भने, ‘गर्भ बसेपछि युवतीले विवाह गरौं भनेर पटकपटक कर गर्दा घटना भएको देखिन्छ ।’

बयानमा समेत पराजुलीले उक्त कुरा स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । कमलाको शवलाई परिवारको अनुरोधमा बाग्लुङ अस्पतालमा पोष्टमार्टम गर्ने गरी जिम्मा लगाइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖