अोली र स्वराज बीच भेटवार्ता
काठमाडौँ, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौँ आइपुगेकी स्वराजले नेपालका उच्चअधिकारीहरुसँगको भेटवार्ता भावी प्रधानमन्त्रीका रुपमा लिइएका अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।
काठमाडौं ओर्लिए लगत्तै स्वराजले नेपाल नेपाल भारतको असल मित्रराष्ट्र भएको भन्दै आफु दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन नेपाल आएको बताएकी थिइन् ।


