अपडेट : ब्यारेकमा बिस्फोट, ६ सैनीक घाईते, थप उपचारको लागी छाउनी लगीयो
काठमाडौंको महाराजगन्जस्थित भैरबनाथ गणभित्र विस्फोट भएको छ । आज बिहान करिब नौ बजे विस्फोटक पदार्थ पड्किँदा ६ जना घाइते भएका छन् ।

विस्फोटमा परी शर्मिला कार्की, विक्रम पाण्डे, सुस्मा कुमाल, पुरुषोत्तम ठकुरी, दीपिका बस्नेत र राजमाया घले घाइते भएका हुन् ।
त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा प्रारम्भिक उपचार गरेपछि बस्नेत बाहेकलाई वीरेन्द्र छाउनी अस्पताल छाउनी लगिएको छ । बस्नेतको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

युनिट बेसिक कोर्सको अभ्यासका क्रममा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको बताइएको छ । घटनाबारे सैनिक अधिकारीले भने केही बताएका छैनन् । रिया भण्डारी


