स्वराजसँग भेट्न नहुने भन्दै आक्रोश पोख्दै आएका नारायणकाजीको अभिव्यक्तिले सबै चकित, लगाए यस्तो आरोप…

काठमाण्डौं, २० माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेताहरुले कूटनैतिक आचारसंहित उल्लंघन गरेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई लक्षित गर्दै उनले नीहित राजनीतिक स्वार्थका कारण नेपालको स्वाभिमान गिराइएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा उनले यस्तो कुरा व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमा प्रतिबद्दू देखिएका छन् । ध्यान नपुगेर होइन । किन त रु हिन ग्रन्थी र निहित राजनैतिक स्वार्थ ? ! दुःख र ग्लानिको अनुभुति हुन्छ, ठुला छिमेकीहरु उपनिवेश बन्दासमेत पुर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्वभिमान आज गिराइदैछ ।’

उनले कसलाई भने ?

बिहीबार साँझ नेपाल भ्रमणमा आएकी स्वराजलाई भेट्न सबैभन्दा पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । एमालेले डिनर खुवाएपछि लगत्तै स्वराजलाई भेट्न पालो कुरेर बसेका मधेसवादी दलका नेताहरुले भेटे । शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग् भेट्ने कार्यक्रम तय भएको थियो । प्रचण्डसँगको केही समयको भेटपछि करिब १२ बजे राष्ट्रपति विद्या भण्डारीलाई भेट्न स्वराज शीतल निवास पुगिन् ।

स्वदेश फर्कन हतार गरेकी स्वराज प्रधानमन्त्री देउवा भेट्न वालुवाटार पुगिन् र त्यहाँ केही समय बिताएर स्वदेश फर्किइन् । स्वराज स्वदेश फर्किए पनि उपाध्यक्ष श्रेष्ठले नेताहरुले कूटनीतिक मर्यादा विपरित भेट गरेको भन्दै आपत्ति जनाइ हाले । श्रेष्ठको रिसको घानमा स्वयमं प्रचण्ड पनि परेका छन् । उनले छिमेकीसँग राम्रो सम्बन्ध स्थापना गर्न नसकेकाले नेपालीको शिर झुकेकोसमेत बताए । स्वराजलाई छुट्टछुट्टै भेटेका तीनै जना नेतालाई श्रेष्ठले मुभरीको जवाफ दिएका छन् । स्वराजसँग भेट्न नहुने भन्दै आक्रोश पोख्दै आएका नेता श्रेष्ठको अभिव्यक्तिले सबैलाई चकित तुल्याएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।