महिलाको प्रतिनिधित्व बढेकोमा महिला सांसद खुशी : कुन दलको कति महिला सांसद ?

धनगढी, २० माघ । उमाकुमारी वादी सांसद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालको संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेशसभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ ।

कुनै समयमा नेपाली समाजले वादी समुदायका व्यक्तिलाई तल्लो दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । कतिपय ठाउँमा अझै पनि यो प्रवृत्ति पूर्ण रुपमा हटिसकेको छैन । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक कोटामा सांसद बनेर पहिचान बदल्न सफल कैलाली जिल्ला निवासी उमाले भन्नुभयो— “समय परिवर्तनले कोल्टे फेर्दै सीमान्तकृत वादी समुदायको व्यक्तिलाई सांसदको जिम्मेवारीमा पु¥याउदा न्याय भएको महसुस भएको छ ।”

उपल्लो भनिएका जातीहरुको घर÷घरमा पुगेर नाचगान गरेर हुने नगद कमाइ र अन्नको जोहो गरेर जीवनयापन गर्नु यो समुदायको दिनचर्या हुने गरेको थियो । यद्यपि अझै पनि यस्तो पवृत्ति र चलन कहिकतै कायमै रहेको पाईन्छ ।

‘अब वादी समुदायको हक हितका लागि प्रदेशसभामा लड्न तयार छु, दशवर्ष अघि काठमाडौँमा भएको वादी आन्दोलनको नेतृत्व गर्नुभएकी उमाले भन्नुभयो–“सांसदको रुपमा भूमिका निर्वाह गर्दा भने ७ नम्बर प्रदेशको विकास र समृद्धिका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”

संविधानमा भएको व्यवस्था बमोजिम पहिलो पटक ७ नम्बर प्रदेशसभामा महिलाको प्रतिनिधित्व पनि बढेको छ । प्रदेशसभाका लागि भएको निर्वाचनमार्फत् निर्वाचित भएका ७ नम्बर प्रदेशका ५३ सांसदमध्ये १८ जना महिलाले सांसद बन्ने अवसर पाउनुभएको छ । यो कुल सदस्य संख्याको करिब ३४ प्रतिशत रहेको छ ।

प्रदेशसभा सदस्यमा बझङ जिल्लाबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित सांसद देवकी मल्ल महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गर्दै महिला अधिकार, महिला सशक्तिकरण लगायतका महिलाका मुद्दा सम्बोधन गर्न संसद्मा नीति नियम बनाउन अब सहज हुने बताउनुहुन्छ ।

‘राज्यका तहमा महिलाको प्रतिनिधित्व पहिलेको तुलनामा बढ्दा नयाँ र ऐतिहासिक परिवर्तनको अनुभूति भएको छ, प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्ने एक्लो महिला सांसद मल्लले भन्नुभयो–“अझै पनि महिलाको प्रतिनिधित्व ५०÷५२ प्रतिशतसम्म पु¥याउनुपर्छ र यसका लागि आन्दोलन जरुरी छ ।”

एमालेकी समानुपातिक सांसद सुशीला बुढाथोकीले सांसदको भूमिकामा बस्दा महिला हकअधिकारका कुरालाई सशक्त ढंगले उठाउने बताउनुहुन्छ । “महिला सशक्तिकरणको आवाज उठाउने कुरा त छदैंछ, बुढाथोकीले भन्नुभयो—जनप्रतिनिधिको रुपमा काम गर्दा सबै जनताको लागि काम गर्नुपर्छ ।”

कुन दलको कति महिला सांसद

यो प्रदेशमा नेकपा (एमाले)बाट माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ(बोहरा), सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज, र दुर्गाकुमारी कामी गरी आठजना सांसद हुनुहुन्छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)बाट निर्मला बडाल(जोशी), कुन्ती जोशी, विनितादेवी चौधरी, शान्ति नेपाली र देवकी मल्ल गरी पाँच तथा नेपाली काँग्रेसबाट दिश्यश्वरी शाह, अम्बिकुमारी थापा, कुमारी नन्दा बम र उमाकुमारी वादी गरी चार जना सांसद हुनुहुन्छ । यसैगरी राष्ट्रिय जनता पाटीबाट मालामति रानाथारु प्रदेशसभा सांसद हुनुहुन्छ ।

समुदायको प्रतिनिधित्व

समुदायको हकमा प्रदेश नम्बर ७ मा एमालेबाट खस आर्य समुदायका पाँच, दलित समुदायका दुई र चौधरी (थारु) समुदायका एक महिला सांसद हुनुहुन्छ ।

यसैगरी काँग्रेसबाट खस आर्यका तीन र दलितका एक जना, माओवादी केन्द्रबाट खस आर्यका तीन, चौधरी थारुका एक र दलितका एकजना तथा राजपाबाट एकजना राना थारुका महिला सांसद हुनुहुन्छ ।

सभामुख, उप सभामुख, मन्त्रीको चर्चामा रहेका महिला सांसद

नेकपा एमालेका तर्फवाट डोटी जिल्लाबाट समानुपातिक कोटामा निर्वाचित सांसद पूर्णा जोशी प्रदेशसभाको सभामुख बन्ने चर्चामा हुनुहुन्छ ।

बैतडीबाट समानुपातिक कोटामा एमालेबाट निर्वाचित माया भट्ट र कैलालीबाट निर्वाचित चुनकुमारी चौधरी मन्त्री बन्ने दौडमा रहेको चर्चा छ । नेकपा माओवादी केन्द्रकी बझाङबाट प्रत्यक्ष निर्वाचित सांसद देवकी मल्ल उप सभामुख बन्ने चर्चामा हुनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।