सुष्मा स्वराजको भ्रमणले वाम गठबन्धनलाई फाईदा : कांग्रेस नेता पौडेल

रामचन्द्रको प्रश्न : मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको हिजोको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन यति धेरै महत्व दिएको भन्दै प्रश्न गरेको खुलासा भएको छ ।

दुई दिने भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो भारत प्रस्थान गर्नुपुर्व आयोजना गरेको दिवा भोजमा सरिक कांग्रेस बरिष्ठ नेता पौडेले बडो व्यंग्यात्मक रुपमा स्वराजलाई प्रश्नहरु तेर्साएको स्रोतको दाबी छ ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार पौडेलले सुरुवातमै भने,‘तपाई नेपाल आउनुभयो, यो राम्रो भयो, भ्रमण हुनु नै आँफैमा राम्रो हो, तर कुन बेला आउनुभयो, यसले कसलाई फाईदा पुगेको छ, त्यो चाहीँ तपाईलाई नै थाहा होला ।’ पौडेलले घुमाउरो पारामा स्वराजकै अघि संकेत गरेको कुरा के हो भने,‘स्वराजको भ्रमणले वाम गठबन्धनलाई फाईदा पुग्यो।’

पौडेल यतिमै रोकिएनन् । उनले स्वराजसँग पूनः अर्को जिज्ञासा राखेका थिए ।‘तपाईको प्रधानमन्त्री मोदीजीले एमाले अध्यक्ष ओलीलाई दुईपटक फोन गर्नुभयो, यसले पनि ओलीजीलाई नै फाईदा भयो नि होईन र ?’

उनले ओली प्रधानमन्त्री हुने निश्चित नै नभएको बेला मोदीले प्रधानमन्त्रीझैं सम्मान दिएको गुनासो गरेका थिए । उनको भनाई थियो,‘वाम गठबन्धनले पनि आधिकारिक रुपमा कसलाई प्रधानमन्त्री बनाउने भनेर निर्णय गरेको छैन, यसले त वाम गठबन्धनलाई नै फाईदा भयो नि ।’ पौडेले यसो भनेपछि सबैले उनलाई हेरेका थिए ।

पौडेलले नेपाल–भारत सम्बन्धबारे पनि विशेष रुपमा कुरा उठाएका थिए । ‘अन्तिम अवसर छ, नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्याउनको लागि, भारतले कसरी जाने विचार गरेको छ, नीतिमा पूर्नविचार गर्ने, संशोधन गरेर जाने हो कि के हो क्लियर हुनुपर्यो ।’

हिजोको लञ्च मिटिङमा कांग्रेसबाट सभापति देउवासहित, नेता पौडेल, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, डा. सशांक कोइराला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, उदय शमशेर राणा सहभागी थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।