महराले भने,- देउवा सरकारले राजनीतिक अराजकता मच्चायो, काम चलाउ सरकारले गरेका निर्णय उल्टाउँछौँ

दाङ, २१ माघ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ ।

टरिगाउँ विमानस्थलमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले गरेका कतिपय निर्णयलाई अब बन्ने सरकारले उल्टाउँछ, जथाभावी निर्णय गर्ने यो सरकारको काम होइन ।” वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी मुकामले देशैभरि विवाद सिर्जना गरेको उल्लेख गर्दै उहाँले प्रदेश मुकामको अस्थायी केन्द्र तोक्दा धोका भएको र अब राजधानी बनाउने जिम्मा प्रदेश सभामा आएको बताउनुभयो ।

प्रदेशसभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित, सन्तुलित एवं जिम्मेवारीपूर्वक निर्णय गर्ने उहाँको भनाइ थियो । नेता महराले हरेक दृष्टिकोणले ५ नं प्रदेशको प्रादेशिक राजधानी दाङ उपयुक्त रहेको उहाँको दाबी थियो ।

फरकफरक दृष्टिकोण र मान्यता बोकेका दुई दलबीचको एकता भने जस्तो सजिलो नभएको उल्लेख गर्दै नेता महराले भन्नुभयो, “पार्टी एकता आजको आवश्यकता हो एकतामा केही ढिला भए पनि केही समयपछि पार्टी एकता निश्चित हुनेछ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖