प्रदेश नम्बर १ को पहिलो प्रदेशसभा बैठक सुरु – हेर्नुहोस लाइभ प्रसारण

प्रदेश नम्बर १ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजेदेखि सुरु भएको छ। विराटनगरस्थित जिल्ला सम्मन्वय समितिको सभाहलमा बस्न लागेको प्रदेश बैठकको आवश्यक सबै तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ।

बैठकमा स्वतन्त्र सांसदसहित ७ जनाले शुभकामना मन्तव्य दिँदैछन्। प्रदेशसभामा मुख्यमन्त्रीका दाबेदार एमालेका भीम आचार्य, कांग्रेसका केदार कार्की, माओवादीका इन्द्रबहादुर आङ्बो, संघीय फोरमका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे, राप्रपाकी इन्दिरा राई र स्वतन्त्र सांसद नारायणबहादुर मगरले मन्तव्य राख्ने कार्यक्रम छ।

मर्यादापालकको पोसाकको टुंगो लागिसकेको छ। पुरुषलाई सेतो दौरासुरुवाल, कालो कोट र महिलालाई घिउ कलरको साडीमा रातो पारि र कालो कोटको व्यवस्था गरिएको छ।

आज बस्ने बैठकका लागि आइतबार नै मर्यादापालकलाई बैठक आयोजनाको अभ्यास गराइएको थियो। अभ्यासका क्रममा बैठक आयोजना गर्दा आउन सक्ने समस्यालाई कसरी हल गर्ने बारे पूर्व जानकारी दिइएको जिल्ला प्रहरी प्रमुख अरुणकुमार बिसीले जानकारी दिए।

बैठकमा ठूला दलका सांसदलाई दायाँबाट बसाइनेछ। त्यसपछि साना दलका सांसदलाई बसाइनेछ। १४ जिल्ला समेटिएको प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट संख्या छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।