राम्रो ठाउँमा सरुवा गरिदन्छु भन्दै कैदीसँग घुष लिने जेलर ४० हजार रकमसहित पक्राउ

सप्तरी, माघ २२ । अपराध गरेवापत अपराधी जेल गएको त सुनिएकै हो । तर अपराधको सजाय भुक्तान गरिरहेका कैदीहरु लगायत कारागारका अन्य सेवा सुविधा हेर्ने जिम्मेवारी पाएका जेलर पक्राउ भएको घटना भने विरलै सुनिन्छ ।

जेलमा सजाय भुक्तान गरिरहेका कैदीलाई एक ठाउँबाट अर्को राम्रो ठाउँमा सरुवा गरिदन्छु भन्दै घुष लिने जेलर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेको उज्ज्यालो अनलाईनले लेखेको छ ।

जिल्ला कारागार सप्तरीका जेलर नायव सुब्बा कृष्णबहादुर दाहाललाई राम्रो ठाउँमा सरुवा गरिदिने भन्दै कारागारका कैदीबाट उठाएको ४० हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास र इटहरीको टोलीले दाहाललाई घुस रकमसहित पक्राउ गरेर अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖