सदरमुकाम सार्ने निर्णयविरुद्ध आमहडताल !

रुकुम, माघ २८ । गत माघ ११ गते रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट सार्ने सरकारी निर्णयविरुद्ध रुकुमकोटबासीले फेरि आन्दोलन थालेका छन् ।

सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो । रुकुमकोट र सदरमुकामबासीले आमहडतालको आह्वान गरेका हुन् ।

प्रदर्शनकारीले सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै निर्णय सच्याउन माग गरेका छन् । जिल्लाका सबै सरकारी कार्यालय तथा यातायात, शैक्षिक सस्ंथालगायतका सेवा ठप्प पारिएको छ ।

सर्वोच्च अदालतले सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न रोक लगाउँदै आज दुबै पक्षलाई सर्वोच्चमा बोलाएको छ ।

रुकुमका सरोकारवाला निकायले भने सरकारले सदरमुकाम सार्ने निर्णय गरेर रुकुम पूर्वका जनतालाई मूठभेडमा उतार्न खोजेको आरोप लगाएका छन् ।

वर्तमान सरकारले नै पहिले रुकुमकोटलाई सदरमुकाम घोषणा गरेर पछि फेरि अर्को ठाउँमा सदरमुकाम सार्नु जनता लडाउनु खेल मात्र भएको उनीहरुले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।